एमसीसीका कारण राष्ट्रियता संकटमा छ – नेता खनाल


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
2.2K
SHARES

१० भदौ काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताएका छन् ।

आज (आईतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका कारण राष्ट्रियता खतरामा रहेको बताए । ‘एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी हो। त्यसको अभिन्न अंग हो। अहिले अमेरिकाले कार्यान्वयनमा जोड दिइरहेको छ,’– उनले भने ।