गाई काटेको अभियोगमा तीन जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १० २०८०
3.8K
SHARES
१० भदौ तनहुँ । तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट