राष्ट्रपति पौडेलद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २६ २०८०
1.5K
SHARES
२६ भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लैजादँदै गर्दा नेम्वाङको निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट