सभापति देउवाद्वारा दुःख व्यक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०
1.9K
SHARES

२६ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्व. नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिर सान्तीको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।