नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको छ – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०
1.5K
SHARES

२६ भदौ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको बताएका हुन् ।

उनले भने,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठुलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु।’ उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्।  हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।