मधेस प्रदेशसभा सदस्य यादवको निधन


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०
2.1K
SHARES

२६ भदौ काठमाडौं । मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान निधन भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवं प्रदेशसभा सदस्य मनीष सुमनले जानकारी दिए ।

उनका अनुसार क्यान्सरपीडित सांसद यादव जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत थिइन् । उनी जसपाका तर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।