सुन तस्करीमा पक्राउ परेकालाई अदालत लगियो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २७ २०८०
1.7K
SHARES

२७ भदौ काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो ।

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन  काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।