पिता सुवासको बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल देओस् – छोरा सुहाङ
३० भदौ काठमाडौं । हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गर्दै उनले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
अधिवक्ता समेत रहेका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।एमालेका प्रमुख सचेतक पदम गिरीले दलको तर्फबाट परिवारलाई समवेदना प्रकट गरेका थिए ।सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा समेत सहयोगी थिए ।