६० किलो सुन प्रकरण : आज मुद्दा दर्ता गरिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३१ २०८०
5.1K
SHARES

३१ भदौ काठमाडौं । गत साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करी प्रकरणअन्तर्गत (आज) आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको ४ दिनपछि आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको हो।  सीआईबीले पक्राउ परेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। तर सरकारी वकिल कार्यालयले यो संख्या तलमाथि गरेर मुद्दा दायर गर्ने सम्भावना छ।  उक्त काण्डमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ।