सुन जडित नयाँ लोगो गण्डकीका सांसदलाई


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ३ २०८०
9.6K
SHARES

३ असोज पोखरा । गण्डकीका सांसदहरूका लागि सुन जडित नयाँ लोगो बनाइने भएको छ । जसको बेसमेन्टमा चाँदी प्रयोग गरेर सुनको जलप लगाइने छ ।

प्रदेश सभाबाट स्वीकृत भएको नियमावली अनुसारकै नयाँ प्रतीक चिह्न बनाउन लागिएको हो । तर, नयाँ लोगोमा पनि सुन र चाँदी प्रयोग गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

गण्डकीमा असार २२ गतेको प्रदेश सभाले प्रदेश सभा नियमावली, २०८० पारित गर्‍यो । सोही नियमावलीको अनुसूची ८ मा प्रतीक चिह्न (लोगो) को व्यवस्था गरिएको छ । यो लोगो नियम २२२ सँग सम्बन्धित छ ।