नेपाल र चीनबीच १३ बुँदे सम्झौता


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
2.3K
SHARES

८ असोज काठमाडौँ ।  नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।  सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।

विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियाेजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।  सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ।