बैंकहरू नै ठूला मिटरब्याजी हुन्‌ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ९ २०८०
7K
SHARES

९ असोज काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र बैंकले बैंकहरूलाई निर्मम साहुजी बनाउन नहुने बताएका छन् । आज नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘राष्ट्र बैंकले बैंकहरूलाई निर्मम साहुजी बनाउने होइन । उद्यमका, विकासका सहयोगी संस्थाका रूपमा विकास गर्नु पर्छ, परिचालन गर्नुपर्छ । निर्मम साहुजीमात्र भएर हुँदैन ।’

चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्दा प्रतिफल नै पाउन नसकिने बताउँदै उनले अगाडी भने, ‘कहिले कहिले ब्याजदर कुनै कारणले बढ्छ भने पनि सधैँ त्यसलाई स्ट्याण्डर्ड बनाएर जान सकिँदैन । रिजनेबल ब्याजदरमा फेरि घटाउनुपर्छ । १५ प्रतिशत ब्याजदरमा ऋण लगाएर तीन/तीन महिनामा सावाँ ब्याजमा खापिदिएपछि त्यही त हो नि मिटरब्याजी भनेको । ठूला मिटरब्याजी !’

यी सबै कुराहरू बुझ्ने ल्याकत सरकारमा नभएको उनको आरोप छ । एमाले सरकारमा हुँदा औपचारिक माध्यमबाट पैसा आउने बाटो बनाएको उनको दाबी छ ।

व्यवसायी मीन बहादुर गुरुङबारे बोल्दै ओलीले अगाडी भने, ‘भाटभटेनी नयाँ ठाउँमा खोल्यो कमिसन दिँदैन, अर्को ठाउँमा खोल्यो त्यै पनि दिँदैन भने यसलाई सोझ्याउनुपर्छ भन्दै अनि खोतल्ने गरिएको छ ।’