हामी राज्यको जिम्मेवार शक्ति हौं – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १५ २०८०
2.7K
SHARES

१५ असोज काठमाडौ  । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी सानो भएपनि राज्यको जिम्मेवार शक्ति भएको दाबी गरेकी छन् ।आइतबारबाट सुरु भएको समाजवादी पार्टीको मेची महाकाली अभियान अन्तर्गत सोमबार इटहरीमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले यस्तो बताएकी हुन् । उनले आफूहरुलाई रास्वपाका सभापति रवि लामिछानेको जस्तो भाष्य बोल्ने छुट नभएकोसमेत बताएकी छन् ।

झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौं । अब हामी संवैधानिक कुरा गर्छौं । संविधानमा संकट आयो भने हामीले बचाउनुपर्छ, भन्छौं ।’

नेकपा एसमा लामो समयदेखि असन्तुष्ट रहँदै आएकी झाँकी लामो अन्तरालपछि पार्टी कार्यक्रममा सहभागी हुन थालेकी छन् । गत साता अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिप्रति रुष्ट बनेकी झाँक्री बेलाबखत नेकपा एमालेमै फर्किने हल्लासमेत चल्ने गर्छ यद्यपि उनी भने आफू अझै पर्ख र हेरको स्थितिमा रहेको बताउँछिन् ।