आम माफिको गल्ती सच्याउ – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
14.9K
SHARES

१९ असोज काठमाडौ । नेकपा माओवादी केन्द्रको  केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रंजित तामाङले राजनितिक दबाबमा परेर सरकारले गलत निर्णय गर्न नहुने बताएका छन् ।उनले सामाजिक संजालमा आफ्नो अभिमत भन्दै यस्तो लेखेका छन ।

अभिमत :
———————–
बिस्तृत शान्ति सम्झौता भएको १७ बर्ष भैसक्यो ।
तर शशस्त्र द्वन्दका घाउहरुमा खाटा बसिसक्दा समेत शान्ति प्रकृयाका बाँकि कार्यभार सकिएको छैन ।
बेपत्ता छानबिन आयोग,सत्य निरुपण तथा मेलमिलाप आयोगका प्रतिबेदन थन्किएको छ ।

जसका कारण द्वन्दका पिडितहरु द्वन्द्वको घाउ बोकेर हिड्नु परेको छ ।यसमा राजनितिक दलका नेतृत्वलाई खास चासो र चिन्ता देखिदैन ।

तर सामाजिक रुपमा बद्नामित,जघन्य अपराधमा संलग्नहरुलाई आम माफि दिन,सुसासनको जनअपेक्षा बिपरित देशलाई थप निरासा थप्न भैरहेको कतिपय निर्णय गलत छ ।

सरकारले गठबन्धनको राजनितिक दबाबमा परेर गलत निर्णय गर्नु हुदैन । गठबन्धन सरकार सञ्चालनको सहयोगी हुनु पर्छ,गलगाँड होईन #आममाफिको #गल्ती #सच्याउ