केदार कार्की मुख्यमन्त्री नियुक्त


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २७ २०८०
3.9K
SHARES

२७ असोज विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए । संविधानको धारा १६८ को उपधारा (५्) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

कार्की काँग्रेस भित्र शेखर समुहबाट बागी बनेर उम्मेद्धारी दिन गएका थिए । एमालेले साथ दिने पक्का भएपछि शेखरले उनलाई बिद्रोह गराएका हुन् ।दावी नपुग्ने भएपछि गठबन्धनका आधिकारीक उम्मेद्धार ईन्द्र आङबोहाङ पक्षले सनाखत गर्न गएको थिएन ।