संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १६ २०८०
1.5K
SHARES
१६ कात्तिक काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको मन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए ।
मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट