सर्वदलीय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २१ २०८०
1K
SHARES
२१ कार्तिक काठमाडौं । आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ ।जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट