अब सरकार ‘गियर चेञ्ज’ गरेर अघि बढ्छ – प्रधानमन्त्री प्रचण्ड
१ पुस काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताउनु भएको छ । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ । सरकार गठनको एक बर्ष समृद्धिको आधार तयार हुँदै गएको बताउनुभएका प्रधानमान्त्री प्रचण्डले बिपक्षको आक्रमणकैबिचबाट सरकारले ईतिहास निर्माण गर्ने उद्घोष गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको भन्दै प्रचण्डले एनसेलमा अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा बुझो लागेको टिप्पणी समेत गर्नुभएको छ।
शनिवार सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले सरकार अब गियरका चेञ्ज गरेर अघि बढ्ने बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएको १ वर्ष पुगेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले अब सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने उल्लेख गर्नुभयो ।
सरकारको कार्यशैली परिबर्तन गर्दा कतिपयलकाई गाह्रो हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जति गाह्रो-साह्रो भए पनि जनताको पक्षमा आक्रमण गरेर जे-जेपर्छ बेहोरेर सरकार आघि बढने दृढता व्यक्त गर्नुभयो। अबको एक वर्षमा इतिहास निर्माण गरेरै छाडने बताउनुहुदै प्रधानमन्त्री प्रचण्डले त्यसको लागि सबैको दर्हो साथ र समर्थन आवश्यकता रहेको प्रष्ट पार्नुभयो।
सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको प्रचण्डको भनाई छ । आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा अहिले बुझो लागेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफु दुबई भ्रमणमा हुँदा एनसेलको सेयर बिक्री भएको खबर थाहा पाएको उल्लेख गर्नुहुदै नेपाल आएपछि एनसेल शेयर खरिद-बिक्रिबारे गठबन्धन दल र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको स्पस्ट पार्नुभयो। एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।