स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ४ २०८०
2.2K
SHARES

४ पुस विराटनगर । हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले विराटनगरमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जाँच र सोधपुछका क्रममा उनको साथमा रहेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । स्रोत नखुलेकाले उनले बोकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग भएको प्रहरीको अनुमान छ ।

विराटनगरमा यसअघि पनि पटक पटक हुण्डीमा प्रयोग गरिएको ठूलो परिमाण रकम बरामद भइसकेको छ । प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमाबुझाइएको छ ।