माओवादीको विधान सम्मेलन फागुनमा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस ५ २०८०
1.7K
SHARES
५ पुस काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति गठन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरीराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा साथै सचिवद्वय गणेश शाह र हितमान शाक्य छन् । सापकोटाका अनुसार सम्मेलनअघि पार्टीको केन्द्रीय समिति बस्ने निर्णय भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट