प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ – कांग्रेस


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
1.7K
SHARES

१३ पुस काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेसले बाधक नबन्ने स्पष्ट पारेको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न सक्ने बताएका हुन् । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट गर्न सक्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्न सक्ने प्रावधानलाई काँग्रेसले अवरोध नगर्ने कांग्रेसले बताएको छ।