गठबन्धनमा हानथाप : कुन दलको कति सीटमा दाबी ?


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २१ २०८०
1.5K
SHARES

२१ पुस काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक ४ घण्टादेखि जारी रहेको छ राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको बैठकमा दलहरूले आ-आफ्ना दाबी राखेका छन् । अहिलेसम्म सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ । यस्तै नेकपा माओवादीले ५ र नेकपा एसले ३ सीटमा दाबी गरिरहेको ती नेताले बताए ।

यसै गरी जनता समाजवादी पार्टीले २ सीटमा पाउनुपर्ने दाबी राख्दा, सीके राउत नेतृत्वको जनमत पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी र लोसपाले १-१ सीटको दाबी गरेका छन् । अहिले बैठक स्थलबाट भने चित्रबहादुर केसी, सीके राउत र महन्थ ठाकुर निस्किसकेका छन् ।