सहकारीमा देखापरेका समस्याको समाधान गर्न आज गृहमन्त्री श्रेष्ठले गरे छलफल


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
2.3K
SHARES

२५ पुस काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक जनशक्ति व्यवस्थापन गरी  उपसमिति मार्फत् तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ । यस्तै बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालनका पहल गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य सुरु गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठले सहकारीमा देखिएका समस्या समाधान गर्न अग्रसरता लिएका हुन् ।