सिंहदरबारमा ओली-प्रचण्डबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १९ २०८०
3.7K
SHARES

१९ माघ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

यही २२ माघदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकमा दुई नेताबीच सदन सञ्चालन तथा कानुन निर्माणका साथसाथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।