केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
2.2K
SHARES

२९ माघ काठमाडौँ । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा पदाधिकारी बैठक बसेकाे केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठकमा विधान अधिवेशनमा पेस हुने एजेण्डामाथि छलफल भएको छ । शनिबार सकिएको स्थायी समिति बैठकले अध्यक्षको समायोजनमा मस्यौदा विधान मरिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । पदाधिकारी बैठकछि केन्द्रीय समिति बैठक सुरु भएकाे शर्माले बताए ।