माओवादीको विधान- सबै तहमा प्रत्यक्ष निर्वाचन
३ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रज्ञा भवनमा बसेको विधान अधिवेशनले सबै कमिटी निर्वाचन प्रणालीबाट आउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनका अनुसार बैठकले संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता नै रहने, महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति सदस्य चयन गर्ने, केन्द्रीय समिति सदस्यको प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।
केन्द्रीय पदाधिकारी ११ सदस्यीय रहने, केन्द्रीय समिति १९९ सदस्यीय रहने, पदाधिकारीको कार्यलय बनाउने, पोलिट्ब्यूरो सदस्य एक तिहाइ– ६७ जना रहने, सदस्य हुनको लागि उमेर– १८ वर्ष कायम रहने, जेष्ठ कम्युनिष्ट मञ्च नै रहने निर्णय गरेको बताए ।