ललिता निवासमा अदालतको फैसला ऐतिहासिक : गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
2.2K
SHARES

४ फागुन काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको बताएका छन् । अदालतले सो प्रकरणमा ८० जनालाई दोषी ठहर गर्दै व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेपछि फैसलालाई ऐतिहासिक भनेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘अन्तत : ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ । जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्व विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो । विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद ।’ सो प्रकरणमा विशेष अदालतले नीतिगत निर्णय गर्ने तत्कालीन राजनीतिक नेतृत्वलाई सफाइ दिएर कर्मचारी तथा जग्गा किनबेचमा संलग्नलाई दोषी ठहर गरेको छ ।