एमाले अध्यक्ष ओलीले केक नकाटि जन्मदिन मनाउने , आजबाट कति वर्ष लागे ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११ २०८०
2.6K
SHARES

११ फागुन काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुगेका छन्। उनले आज ७३औँ जन्मदिन मनाउँदैछन्।  ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गरेका हुन्।

उनले कसैलाई पनि केक बोकेर नआउन आग्रह गरेका छन्। यसअघि जन्मघर तेह्रथुम पुगेर नेपालको नक्सासहितको केक काटेका ओलीले यस वर्ष भने जन्मदिन धेरै धुमधामसँग नमनाउने बताएका हुन्।

उनले आफूलाई शुभकामना दिन सक्ने तर केक नल्याउन शुभेच्छुकलाई आग्रह गरेका छन्। विक्रम सम्बत् २००७ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मिएका ओली नेकपा एमालेका अध्यक्ष हुन्। उनी तीन पटक  प्रधानमन्त्री भइसकेका छन्।