माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर, कहाँ कसको ?


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०
3.3K
SHARES

१६ फागुन काठमाडौ । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको हो।

प्रवक्ता अग्निप्रसाद सापकोटका अनुसार कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रिकुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन्।

यस्तै, लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहेका छन्।