म निम्तालाई अस्वीकार गर्न नसकेर आएको हो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८ २०८०
3.7K
SHARES

१८ फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चितवनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगि हुन तयार छ । सधै साथ रहन्छ ।’

आगामी एक वर्षभित्र आफ्नो सपरिवार चितवन भ्रमणमा आउने योजना बनाएको सुनाए । भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि सफलताको शुभकामना व्यक्त गरे । महानगर प्रमुख दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।