सचिवालयपछि थाहा हुन्छ – अध्यक्ष नेपाल
२३ फागुन काठमाडौं ।चासोका साथ हेरिएको नेकपा नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा नयाँ गठबन्धन र सरकार सहभागिताको विषयमा छलफल र निर्णय हुँदैछ ।
सरकारमा सहभागि हुन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले केपी शर्मा ओलीले निरन्तर अनुरोध गरिरहेका छन् । हिजो साँझमात्र उनीहरुबिच लामो संवाद भएको थियो । यता‚ आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता समिकरणको विषयमा संवाद गरेका थिए । बैठक प्रवेशअघि अध्यक्ष माधव नेपाललले कस्तो निर्णय आउला भन्ने प्रश्नमा भने- “बैठकपछि थाहा हुन्छ ।”