च्यासलमा एमाले सचिवालय बैठक सुरू


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५ २०८०
2.1K
SHARES

२५ फागुन काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।