पूर्व उपराष्ट्रपतिका छोरामाथि अनुसन्धान गर्नुहोस् – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
2.8K
SHARES

२७ फागुन काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न मन्त्री लामिछानेले भनेका हुन् ।जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनले ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप लागेको छ ।

जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो विषय सार्वजनिक भएको हो । प्राविधिक रूपमा कसरी अनुसन्धान गर्ने भन्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।