गृहमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी परेको छैन – श्रममन्त्री अर्याल


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०
2.6K
SHARES

३ चैत काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन् ।शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीसम्बन्धी केही प्रश्न गृहमन्त्री लामिछानेप्रति उठाइएको भन्दै आधार देखाउन चुनौती दिए । उनले सत्ता पक्षमा रहँदा सबै ठीक र विपक्षमा रहँदा सबै बेठीक भन्ने कुरा राम्रो नरहेको बताए । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ ।

श्रममन्त्री अर्यालले कुनै राजनीतिक दलका नेताहरूले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमाण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए । ‘रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । हिजो सत्तापक्ष हुँदै गर्दा सबै ठीक प्रतिपक्षमा जानेबित्तिकै सबै बेठीक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोपचाहिँ कहाँ लागेको छ । कसले लगाएको छ ? राजीनामा दिनुपर्ने कारण त होला नि । राजीनामा माग्नेबित्तिकै मन्त्रीहरूले राजीनामा दिइहाल्नुपर्ने त होइन नि । केही आधार भए हामी आफैँ राजीनामा दिन्छौँ,’ उनले भने ।