पार्टी फुट्योपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०
4.9K
SHARES

३ चैत पोखरा । शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति पत्र सार्वजनिक हुँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आफू पढेको गोरखाको स्कुलको पूर्वविद्यार्थी समाजको कार्यक्रममा थिए ।पालुङटारको अमरज्योति माविका पूर्वविद्यार्थी समाजको वनभोज तथा अधिवेशनमा बाबुरामसँगै नेपाल समाजवादी पार्टीबाटै गण्डकी प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि सहभागी थिए ।

त्यही बेला पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवको उपस्थितिमा महासचिव रमेशप्रसाद यादव र माओवादी महाचिव देव गुरुङले दुई पार्टीबीच गरेको खबर पाएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

सहमति घोषणा कार्यक्रममा माओवादीका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेताहरु उपस्थित थिए । भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भनेका छन् ।उनले यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको भन्दै संक्षिप्त मात्र प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा उनले टिप्पणी गरे ।