भात छोडेर भारत भाग्दै थिए महरा


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
4.3K
SHARES

५ चैत दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।

स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिए ।’महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको स्रोतको भनाइ छ । तर, गाडी ब्यारियर छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।