गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारीको उजुरी


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ८ २०८०
4.3K
SHARES

८ चैत काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी परेको छ ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले समितिमा निवेदन दिएका हुन् ।