८४ सालमा रास्वपाका सबै जना मन्त्री – मन्त्री श्रेष्ठ
१० चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे ।
श्रेष्ठले भने–‘कहीँ आशा छ भन्ने कुरा हामीले जनतालाई स्थापित गर्न सक्नैपर्छ । अहिले ७६१ वटा सरकार मध्ये रास्वपा जम्मा एउटा सरकारमा मात्र छ । बाँकी त्यत्रा सरकार खाली छ । मिसन ८४ मा केही नभए पनि ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश लिएर जानुपर्छ ।’