प्रचण्डले धोका दिए – उपसभापति खड्का
१० चैत पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएर नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । पोखरामा भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डको धोकाले कांग्रेसको अभियानलाई अझै प्रभावकारी बनाउन सहयोग मिलेको बताए ।
‘प्रचण्डजीले धोका दिएर गठबन्धन भत्काउनुभएको छ । यसका रहस्यहरू बिस्तारै खुल्दै जानेछन् । आज म धेरै कुरा भन्न चाहन्नँ,’ उनले भने, ‘यसबाट कांग्रेस अब्बल भएर अभियानहरू चलाउने परिवेशको निर्माण भएको छ । आगामी दिनहरूमा अहिलेको भन्दा बलियो पार्टी बनाउन सहयोग मिल्नेछ ।’