बोआओमा भाग लिन उपाध्यक्ष पौडेल चीन प्रस्थान


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १३ २०८०
2.9K
SHARES

१३ चैत काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । mहाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।