५० ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १३ २०८०
3.1K
SHARES

१३ चैत काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।