यस कारण प्रकाउ परिन अनेरास्ववियु नेतृ रक्षा बम
१४ चैत काठमाडौ । नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन् ।युवतीलाई ब्ल्याकमेल गरेपछि पक्राउ परेकी अनेरास्ववियु नेतृ रक्षा बमले एक युवतीको मोबाइलमा अनधिकृत प्रवेश गरी ब्ल्याकमेलिङ गरेको खुलेको छ । उनै पीडितको जाहेरीले पक्राउ परेकी प्रहरीले जनाएको छ ।
रस्मिलाकुमारी धामीको मोबाइलमा रक्षा बमले अनधिकृत पहुँच बनाएकी थिइन् । त्यसपछि केही कागजात तथा भिडिओ फेला पारेकी थिइन् । भिडिओ तथा कागजात पाएपछि बमले रस्मिलासँग दशलाख रुपैयाँ मागेकी थिइन् । उनै रस्मिला प्रहरी वृत्त महाराजगन्ज उजुरी लिएर गएकी थिइन् । त्यही जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।