तत्कालीन अवस्थामा खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियो – सभापति देउवा
१६ चैत काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन अवस्थामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।
शुक्रबार दाङको लमही नगरपालिका–९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको सालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताए ।
स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको देउवाको भनाइ छ । खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफूहरू सबैको उनले बताए ।खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत १६ गते निधन भएको थियो ।