जनयुद्धको बेलामा भन्दा अहिले धेरै खटेको छु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०
4.7K
SHARES

१७ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरण रणनीतिक भएको बताएका छन् ।२४औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले आफू जनयुद्धको समयमा भन्दा धेरै खटिरहेको बताए ।

उनले भने, ‘समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरणको कोसिस गरेका छौं । अहिले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक र दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी छ, जोखिम छ, चुनौति छ । तर, यसले मात्रै देश र वामपन्थी र कम्युनिष्टलाई एकताबद्ध गर्दै समाजवादको बाटो कोर्नसक्ने विश्वासको साथ अघि बढेको छु । म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउने र सिंगो वामपन्थीहरुलाई मिलाउने गरी आफू अघि बढेको बताए ।