पूर्वलडाकु कालीबहादुर खाम पक्राउ
२० चैत काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो । व्यवसायी रामहरि श्रेष्ठ हत्या गरेको उनीमाथि आरोप छ ।
उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकूका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।