अहिले केन्द्रको निर्णय कार्यान्वयन हुन्छ – नेता शाही
२१ चैत सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले केन्द्रको निर्णय कार्यान्वयन हुने बताएका छन् । उनले एमालेसँगको छलफल सकारात्मक रूपमा अघि बढेको पनि बताए । उनले भने, ‘अरू नबोलौँ कुरा सकारात्मकतर्फ बढेको छ, केन्द्रको निर्णय कार्यान्वयन हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर कर्णाली प्रदेश आएका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेसँग पटक पटक छलफल गर्दै आएका छन् । तर, हालसम्म ठोस सहमति हुन सकेको छैन । केन्द्रमा भएको सहमतिअनुसार एमालेले कर्णालीमा भाग पाएको छ । यद्यपि माओवादीको एक समूहले निर्णय कार्यान्वयनमा आनाकानी गर्दा अन्यौलता कायमै छ ।