रेशमजीले स्वयं आफुलाई उपप्रधानमन्त्री माग्नु भयो, प्रचण्ड र ओलीजी हाँस्नुभयो – अध्यक्ष रञ्जिता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
11.7K
SHARES

२२ चैत काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टीको संस्थापक र श्रीमान्–श्रीमतीसमेत रहेका रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ नै यतिबेला दुई ध्रुवमा रहेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि चुलिएको विवाद दुईपक्षबिच कुटाकुटसम्ममा पुगेको छ । पार्टीको संरक्षक रहेका रेशम नेपाली कांग्रेससँगको पुरानो गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा छन् । अध्यक्ष रञ्जिता भने नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा छिन् ।  अध्यक्ष रञ्जिताले एक अनलाईनमा अन्तर्वार्ता दिदै यस्तो बताएकी छिन् ।

अहिलेको समीकरण बनिसकेपछि रेशमजी र मलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएको थियो । एमाले अध्यक्ष समेत सहभागी त्यो बैठकमा रेशमजीले आफ्नो लागि उपप्रधानमन्त्री माग्नुभयो । बैठकमा सन्नाटा छायो । अनि ओलीजी हाँस्नुभयो भने प्रचण्डले कानुनी रूपले मिल्दैन भनेपछि उहाँ रिसाएर हिँड्नुभयो । मैले सम्झाउने प्रयास गर्दा पनि मान्नुभएन । विवाद त्यहाँबाट सुरु भएको हो ।श्रीमतीको नाताले मान्नुपर्ने कुरा मैले मानिनैरहेकी छु । तर पार्टीको कुरामा मेरो मात्रै चल्दैन । पार्टीका साथीहरूको, जनताको कुरा सुन्नुपर्छ र विधिमा बसेर निर्णय गर्नुपर्छ ।