अध्यक्ष दाबी गर्दै रेशमले बोलाए सांसदको बैठक


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
2.6K
SHARES

२२ चैत काठमाडौँ । पार्टीमा विवाद चुलिँदै जाँदा रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीका सांसदकाे बैठक बोलाएका छन्। उनले नाउपाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको आकस्मिक बैठक बोलाएका हुन्। काठमाडौँको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बस्नेगरी चौधरीले बैठक बोलाएका हुन्। बैठकका लागि सबै सांसदलाई चौधरीले उपस्थित हुन आग्रह गरेका छन्। चौधरीकै हस्ताक्षरमा जारी सूचनामा सांसदहरुलाई उपस्थित हुन भनिएको छ।

निर्वाचन आयोगले नाउपाको अध्यक्षमा चौधरीलाई मान्यता नदिएर रञ्जिता श्रेष्ठलाई फर्काएकाे छ। तर, रेशमले नाउपाको अध्यक्षको हैसियतामा सांसदहरुलाई बैठकमा बोलाएका हुन्। पूर्वमन्त्री समेत रहेकी रञ्जिता चौधरीकी पत्नी हुन्। उनीहरुबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ।