१० लाख नदिए बलात्कारमा फसाइदिने धम्की दिने महिलालाई ९ महिना कैद सजाय
२२ चैत काठमाडौं । १० लाख पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् ।काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।
जाहेरवालाका अनुसार रिनाले बलात्कारको मुद्दामा फसाइदिने भन्दै सुरूमा ३० हजार रूपैयाँ नगद लिएकी थिइन् । त्यसपछि थप १० लाख रूपैयाँ मागेपछि जाहेरवाला प्रहरीकहाँ पुगेका थिए । जाहेरवालाका पक्षबाट बहस गरेका अधिवक्ता विकास गिरीले ‘हनी ट्रयाप’ को मुद्दामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय भएको बताए ।