आफूले अध्यक्ष छोडेपछि छेउमा बसेर यो चाहियो, त्यो चाहियो भन्दिनँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०
5.5K
SHARES

२३ चैत पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व पार्टी प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने गलत परिपाटी बसाइएको बताएका छन् । आफूले अध्यक्ष छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमा बसेर यो चाहियो, त्यो पनि चाहियो भनेर नबस्ने बताएका हुन् । एमाले कास्कीमा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल र झलनाथ खनालको नाम लिएर उनीहरूले जस्तो आफूले नगर्ने बताए ।

‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री पनि भए । अनि भन्छन्, मलाई खोइ, मेरो के भयो त ? मैले के पाएँ ?’ ओलीले भने, ‘अहिले समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि मैले झण्डै–झण्डै बिर्सिएछु ।’ झलनाथ खनालले पनि १३ वर्ष पार्टी प्रमुख र प्रधानमन्त्री भए । त्यसपछि मेरो भाग खोइ त भनेर खोजे । ओलीले भने, ‘म त्यस्तो गर्दिनँ ।’